नेपालमा आज वितेको २४ घण्टामा ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार
मुलुकभरका विभिन्न प्रयोगशालामा १४ हजार ९ सय ७१ जनाको नमूना परीक्षण गर्दा ९ सय ६८ जना संक्रमित थप भएको जनाएको छ ।
मन्त्रालयका अनुसार ८ हजार २ सय ७२ जनाको पीसीआर परीक्षण गदा ५ सय ७२ र ६ हजार ६ सय ९९ जनाको एन्टिजेन परीक्षण गर्दा ३९६ जनामा कोरोना संक्रमण देखिएको थियो।
त्यस्तै वितेको २४ घन्टामा २ सय ६२ जना संक्रमित कोरोनामुक्त भएका छन् भने मृत्यु संख्या शून्य पुगेकाे छ ।
नेपालमा हाल ५ हजार ७ सय ४१ जना सक्रिय संक्रमित रहेका छन् । नेपालमा २ लाख ६३ हजार ३ सय ७१ जनाले काेराेना विरुद्धकाे खाेप लगाएका छन् ।





















प्रतिक्रिया