कोरोना भाइरस संक्रमण बढेपछि सरकारले १५ दिन विद्यालय बिदा गर्ने भएको छ । सिसीएमसीको आइतबार बसेको बैठकले १५ दिन विद्यालय बिदा दिन सिफारिस गरेको थियो ।
सिसीएमसीको उक्त सिफारिसलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यान्वयनमा लैजाने भएको छ । मन्त्रालयले सचिवस्तरको बैठक गरेर सिसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।
सिसीएमसीले गरेको सिफारिसलाई कार्यान्वयनमा लैजाने र बेलुका सम्ममा सूचना जारी गर्ने शिक्षा मन्त्रालयले जानकारी दिएको छ । वार्षिक बिदामा मिलान हुने गरी अहिलेलाई १५ दिन विद्यालय बन्द गर्न लागिएको छ।
















प्रतिक्रिया