Logo

प्रमुख समाचार

२४ घण्टामा थपिए ४ हजार ९६१ कोरोरना संक्रमित, तीन जनाको मृत्यु



काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ९६१ कोरोना संक्रमित थपिएका छन् । पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार १३१ परीक्षणमा देशभरमा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५६२ जनाको पीसीआरमा ५ हजार ५३४ र २ हजार ५६९ को एन्टिजेन परीक्षण गर्दा ४२७ लाई संक्रमण पुष्टि भएको हो । यो सँगै हाल सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको छ ।

यस्तै २४ घण्टामा ४३५ संक्रमित निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ । २४ घण्टामा ५४ हजार ३१२ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०७८, आईतवार १६:५५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।