Logo

समाचार

क्वारिन्टिनकाे अनुगमन



हुम्ला। हुम्लाको सदरमुकाम सिमकोटस्थित रानी बन क्वारिन्टिनको सरकारी टोलीले अनुगमन गरेकाे छ ।

शुक्रबार ३१ जनालाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा नाै जनालाई संक्रमण पुष्टि भएको थियाे । कोरोना संक्रमितलाई संक्रमण पुष्टिपछि रानी बनमा रहेको क्वारेन्टाइनमा राखिएको छ ।

सरकारी टाेलीले संक्रमितकाे स्वास्थ्य अवस्था बुझ्न र क्वारिन्टिनमा गरिएकाे व्यवस्थाकाे अनुगमन गरेकाे हाे । जिल्ला कोभिड संकट व्यवस्थापनका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको नेतृत्वकाे टाेलीले अनुगमन गरेकाे हाे ।

प्रकाशित मिति : ९ माघ २०७८, आईतवार १३:४८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।