Logo

मनोरञ्जन

सेरोगेसीबाट आमा बनिन् प्रियंका चोपडा



काठमाण्डाैँ । बलिउडकी लाेकप्रिय नायिका प्रियंका चोपडा आमा बनेकी छिन्।

३९ वर्षीया प्रियंका तथा उनका २९ वर्षीय पति हलिउड गायक निक जोन्स सेरोगेसीको माध्यमबाट आमाबाबु बनेका छन्।

उनीहरुले दुवैले आफूहरू माता पिता बनेको कुरा सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानहरुलाई जानकारी गराएका छन्। दुवैले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक फोटो पोस्ट गर्दै लेखेका छन् ‘हामीलाई आफूहरूले सेरोगेसीको माध्यमबाट आमा बाबु बन्दै एक बच्चालाई हाम्रो जीवनमा स्वागत गरेको कुरा बताउन पाउँदा निकै खुसी लागेको छ।’

निक जाेन्सकाे पाेष्ट

प्रियंका र निक आमा बाबु बनेको खबर बाहिरिएसँगै उनीहरूलाई बलिउडदेखि हलिउडसम्मका सेलिब्रेटीदेखि फ्यानसम्मको बधाईको ओइरो लागेको छ। प्रियंका र निक सन् २०१८ मा विवाह बन्धनमा बाँधिएका थिए।

जस्ताकाे त्यस्तै प्रियंकाकाे पाेष्ट:

प्रकाशित मिति : १० माघ २०७८, सोमबार १०:४६   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।