डोल्पा । डोल्पाका स्थानीय थतहमा गत वर्ष शिल्यान्यास भएका अस्पताल अलपत्र अवस्थामा रहेका छन् । कतिपय स्थानीय तहमा जग्गाकै टुंगो नलाग्दा शिल्यान्यास भएका अस्पताल अलपत्र भएका हुन् ।
अस्पताल भवनको शिलन्यास भएपछि सर्वसाधारणमा खुसियाली छाएको थियो । गाउँमै अस्पताल बन्ने देखेर औधी खुसी भएका सर्वसाधारण अस्पताल नबेपछि भने निरास भएका छन् । सुविधा सम्पन्न अस्पतालको अभावमा सामान्य रोगको उपचारको लागि अहिलेपनि सदरमुकाममा रहेको अस्पतालमा जानु पर्ने सर्वसाधरणको बाध्यता रहेको छ ।
देशैभरका सबै स्थानीय तहमा आधारभुत स्वास्थ्य सेवा र्पुयाउने सरकारको लक्ष्य अनुसार २०७७ मंसिर १५ भित्रमा स्थानीय तहले आधारभुत अस्पताल निर्माणका लागि आफ्नै जग्गामा भवन निर्माणको शिलन्यास गरेपछि मात्र सरकारले एक करोड रुपैयाँ उपलब्ध गराउने निर्देशन गरेको थियो ।
सरकारी अनुदान प्राप्तीको लागि देशैभर रहेका स्थानीय तहले अस्पताल निर्माणको लागि एकैसाथ भवन शिलन्यास गरेका थिए । हिमाली जिल्ला डोल्पाका ८ ओटा स्थानीय तहमध्ये पहिलो चरणमा आधारभूत अस्पताल निर्माणको लागि तीनवटा स्थानीय तह छनोट भएका थिए । तर, तीन वटै स्थानीय तहले अहिले सम्म अस्पतालको जग सम्म हाल्न सकेका छैनन् ।
छनौट भएका स्थानीय तहमध्येमा डोल्पोबुद्ध गाउँपालिका, त्रिपुरासुन्दरी नगरपालिका र मुड्केचुला गाउँपालिका छन् । सरकारले छनोट गरेपनि तीनवटै स्थानीय तहमा अस्पताल बनाउने जंगा टुंगो नलाग्दा स्थानीय तहमा अस्पताल निर्माण कार्य अहिलेसम्म अन्योलमा रहेको छ ।
त्रिपुरासुन्दरी नगरअस्पताल निर्माणको लागि स्थानीय समाजसेवी टंकप्रसाद उपाध्यायले निशुल्क उपलब्ध गराएको पाँच रोपनी जग्गामा ०७७ मंसिर १५ मा भवन निर्माणको लागि शिलन्यास गरिएपनि अझै दश रोपनी जग्गा अपुग भएपछि निर्माण कार्य सुरु हुन नसकेको नगरपालिकाले जनाएको छ ।
ठेक्का भइसकेपनि जग्गा अपुगका कारण अन्योलमा परेको अस्पताल निर्माण कार्यलाई मूर्तरुप दिनको लागि त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ रल्लीमा रहेको राजारानीस्थित जग्गामा पुन सर्भे गरेर भवनको लागि फिल्ड सम्याउने कार्य भइरहेको नगरपालिकाले जनाएको छ । अस्पतालका लागि पहिलो चरणमा एक करोड रुपैयाँ समेत प्राप्त नगरपालिका प्रमुख प्रशासकिय अधिकृत प्रितिभक्त गिरीले बताए ।
उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध गाउँपालिकामा पनि अस्पताल निर्माणकार्य अन्योलमा परेको छ । गाउँपालिकाको केन्द्र धोमा बनाउने भनिएको अस्पतालको अहिलेसम्म बिस्तृत योजना प्रतिवेदन(डिपिआर) गर्ने काम समेत सम्पन्न हुन सकेको छैन ।
सरकारको लक्ष्य अनुसार दश शैयाको अस्पताल निर्माण गर्ने भनेर पहिलो चरणमा ८५ लाख बजेट प्राप्त भएको तर जग्गा नपुग्दा निर्माणकार्य समेत अन्योलमा परेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौतम पज्ञांनीले बताए ।
तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिका अन्तर्गत वडा नं ६ मा बनाउने भनिएको पाँच शैयाको अस्पताल पनि जग्गा अपुगका कारण शिलान्यास समेत हुनसकेन । सरकारबाट आधारभुत अस्पताल निर्माणकालागि पहिलो चरणमा ७४ लाख रकम प्राप्त भएको गापा अध्यक्ष दत्तबहादुर शाहीले बताए ।
सरकारले प्रत्येक स्थानीय तहमा सुविधा सम्पन्न अस्पताल निर्माण अभियान बमोजिम न्यूनतम एक करोड सम्मको बजेट विनियोजन गरेपनि कतिपय स्थानीय तहले बजेट फ्रिज जान नदिनको लागि शिलान्यासको नाटकीय प्रपन्च गरेपनि अहिलेसम्म भवन निर्माणको डिपिआरसम्म नबनाउनु दुखद भएको स्थानीयको भनाइ छ ।




















प्रतिक्रिया