Logo

प्रमुख समाचार

नेपालमा थप दुई हजार ५२६ जनामा कोरोना संक्रमण

१६ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ५२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

६ हजार ६५५ पीसीआर परीक्षण गर्दा एक हजार ६०२ जनामा र चार हजार ४१८ एन्टिजेन परीक्षण गर्दा ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५६ हजार ४५७ रहेको छ । 

यसैगरी पछिल्लो २४ घण्टामा आठ हजार ४२५ जनामा कोरोना संक्रमणमुक्त हुँदा १६ जना संक्रमितको मृत्यु भएको छ । 

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार १५:५७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।