Logo

प्रमुख समाचार

कोरोनाबाट १४ जनाको मृत्यु, देशभर २४०१ संक्रमित थपिए



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ३५६ नमुना परीक्षण गर्दा २ हजार ४ सय १ जनामा कोरोना पुष्टि भएको हो ।

सोही अवधिमा ७ हजार ७ सय ७७ जना संक्रमणमुक्त भएका छन् । र, आज थप १४ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३० हजार २४१ छ । यसैबीच, पछिल्लो २४ घण्टामा २ लाख ४६ हजार ७८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार १७:१८   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।