Logo

प्रमुख समाचार

पछिल्लो २४ घण्टामा ८३६ संक्रमित थपिए, एक हजार ८२६ निको



काठमाडौं । नेपालमा थप ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ६५४ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ८३६ जनाको नतिजा पोजिटिभ आएको हो । चार हजार २६० नमुनाको पीसीआर परीक्षण गर्दा ४९१ र दुई हजार ३९४ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३४५ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर चारजनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ८८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर एक हजार ८२६ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ३४ हजार ६४८ पुगेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २६ हजार १०२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार १७:५२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।