Logo

मनोरञ्जन

गायक राजु बिरही सापकोटाको आवाजमा ‘खोली बगर’ सार्बजनिक (भिडियो सहित)



काठमाण्डौं । लोकप्रिय गायक राजु बिरही सापकोटा र नब गायिका प्रतिक्षा ढकालको आवाजमा रहेको लोक दोहोरी गीत ‘खोली बगर’ को भिडियो सार्बजनिक भएको छ ।

अम्बिका बिश्वकर्मा र रबिन बराईलीको सयुक्त प्रतुतीमा रहेको सो गीतमा एउटा प्रेमीकाले दुई ओटा प्रेमीलाई खेलाउदै अन्तमा अर्कैसंग गएर फसाएको रोमान्टीक कथा प्रस्तुत गरिएको छ । गीत रोमाञ्चक भएपनी आजकालको माया झुट हुने कुरा उक्त गीतको भिडियोमा देखाईएको छ ।

राजु बिरही सापकोटा ,करिश्मा मगर र रबिन बराइलीको मुख्य अभिनय रहेको उक्त गीतमाउद्धव घिमिरेको लय र्सिजना गीतमा रहेको छ । भने शब्द रबिन बराइलीको रहेको छ । मिलन श्रेष्ठको निर्देशनमा रहेको उक्त भिडियोमा सन्तोष तिमल्सिनाको छायाँकन तथा रोशन धितालको सम्पादन रहेको छ ।उक्त गीतलाई मिलन फिल्मस प्रालीले बजार ब्यबस्थापन गरेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस:

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार १०:४४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।