Logo

प्रमुख समाचार

२४ घण्टामा १५५ जनामा कोरोना संक्रमण पुष्टि, ५४० जना निको



काठमाडौं । पछिल्लो २४ घण्टामा एक सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडीटी गरी पाँच हजार एक सय ५२ जनाको परीक्षण गरिएकोमा एक सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच सय ४० जना संक्रमित निको भएका छन् । २४ घण्टामा दुई जनाको ज्यान गएसँगै अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार नौ सय ३४ जना पुगेको छ । अब नेपालमा आठ हजार आठ सय ३९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा एक लाख २९ हजार एक सय १९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यो सहित नेपालमा अहिलेसम्म तीन करोड ६७ लाख ४३ हजार दुई सय ४२ मात्रा खोपको प्रयोग भएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार १६:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।