Logo

प्रवास

९ घण्टा सुत्नेलाई १ लाख पुरस्कार दिने अचम्मको ठाउँ



प्रायः तपाइ हामी सबैजना सुत्नका लागि मरिहत्ते नै गर्दछौं । कोहि त सुतेपछि आफ्ना महत्वपूर्ण काम सबै बिर्सिएर सुत्ने गरेको समेत पाइन्छ ।

हामी कामको तनावले गर्दा राती पनि आरामले सुत्न सक्दैनौँ । तर तपाइलाई अचम्म लाग्न सक्छ रु अब सुत्ने काम पेशाको रुपमा आइरहेको छ । हालसालै भारतको बेंगलुरुस्थित एक स्टार्ट अप कम्पनीले ९ घण्टा सुत्ने जागिरका लागि आह्वान गरेको हो ।

९ घण्टा सुत्नेलाई १ लाख भारतीय रुपैयाँ दिने पनि कम्पनिले भारतीय सञ्चारमाध्यामलाई बताएको छ । एक अनलाइन फर्म वेकफिटले सय दिन सम्म प्रत्येक रात सुत्ने मानिसलाई १ लाख दिने घोषणा गरेको हो ।

अनलाइन स्लीप सोलुन फर्मले आफ्नो यो कार्यक्रमलाई वेकफिट स्लीप इन्टर्नशीप नाम दिएको छ । सेलेक्ट गरिएको मानिसले प्रत्येक रात ९ घण्टा सुत्नुपर्ने हुन्छ । यसले मानिसको सुतिसकेपछिका गतिविधिहरु रेकर्ड समेत गर्छ । एजेन्सी 

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलवार १९:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।