Logo

बैंकिङ

राष्ट्र बैंकले २७ अर्ब २० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै



नेपाल राष्ट्र बैंकले सोमबार २७ अर्ब २० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 
राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल जेठ १० गते, सोमबार दिउँसो ३ बजे बोलकबोल भएर जेठ ११ गते, मंगलबार बिक्री हुनेछ ।

बैंकले २८ दिनको अवधिको लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल असार ८ गते परिपक्क हुनेछ । 

बैंकले ९१ दिनको अवधिको लागि २ अर्ब २३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल भदौ ८ गते परिपक्क हुनेछ । बैंकले १८२ दिनको अवधिको लागि १२ अर्ब ४७ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल मंसिर ७ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ३६४ दिनको अवधिको लागि ७ अर्ब ५० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७९ साल जेठ १० गते परिपक्क हुनेछ । 

60ab4449642ab.jpg

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार १३:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।