Logo

प्रमुख समाचार

मानव स्वास्थ्य र वातावरणका लागि पशु स्वास्थ्यमा ध्यान दिन जरुरी



काठमाडौं । स्वस्थ रहनु मानव जीवनका लागि अपरिहार्य हुन्छ । हामी स्वस्थ रहनको लागि मुख्य गरी मानव स्वास्थ्यलाई मात्रै ध्यान दिइरहेका छौँ ।

मानिस, वातावरण र पशुको सम्बन्ध अन्योन्याश्रित हुन्छ र रहिरहनेछ । मानिसले पशुको हेरचाह गर्छ । निरन्तर सम्पर्कमा हुन्छ । पशुपालक किसानहरुको दैनिकी नै पशुको आसपास रहेर बित्छ । जो मानिस पशुको नजिक हुन्छ ऊ अन्य मानिसको पनि नजिक हुन्छ । त्यसो हुनाले मानवको स्वास्थ्यको लागि पशु स्वास्थ्यमा पनि ध्यान दिन अत्यन्त जरुरी हुन्छ ।

विश्वमा पशु स्वास्थ्य सम्बन्धि ऐन, नियम, कानुनहरु धेरै बनेका छन् । केही देशहरुले त्यसको यथोचित कार्यन्वयन पनि गर्न सफल भएका छन् । नेपालमा पनि पशु स्वास्थ्य र पशु कल्याणलाई ध्यानमा राखेर विभिन्न एन, कानुनहरु बनेका छन् । पशु स्वास्थ्य तथा पशु सेवा एन २०५५, सम्बन्धित नियमावली, ढुवानी मापदण्ड, पशु कल्याण निर्देशिका २०७३ र मुलुकी ऐन अपराध संहिता २०७४ ले पशुपंछीको पालना, हेरचाह, ढुवानी तथा कल्याणका सम्बन्धमा गरेको व्यवस्थालाई अक्षरसः पालना गर्ने हो भने नेपालमा पशु कल्याणको अवस्थामा सुधार आउनुको साथै पशु स्वास्थ्यमा हुने समस्याहरु कम भएर जाने निश्चित छ ।

नेपालमा कृषि र पशुपालन ओझेलमा परेको विषय हो । यसमा पछिल्लो समय स्थानीय सरकार आएपछि केही ध्यान गएको देखिए पनि त्यस क्षेत्रमा दक्ष कर्मचारीको अभावले खासै परिवर्तन हुन सकेको छैन् । पशु पालन सम्बन्धी योजना बनाउदा पशुको स्वास्थ्यलाई मुख्य रुपमा राख्न पर्ने देखिएको छ । औषधी र चिकित्सकको कमिले गर्दा पशुहरु विभिन्न रोगको शिकार भैरहेका छन् भने त्यसले मानिसमा पनि प्रत्यक्ष रुपमै असर परेको छ ।

मानिसलाई लाग्ने रोग मध्य अधिकांस रोगहरु पशुबाट नै सर्दै आएको हुन्छ । बर्डफ्लु, स्वाइनफ्लु, पिपिआर, रानीखेत, एच. एस., बि.क्यू. र न्यूक्यासल रोगहरु नेपालको पशुहरुमा देखिएको मुख्य रोगहरु हुन् । यी रोगहरुले मानवमा पनि गम्भीर समस्या ल्याइरहेको छ । यस अर्थ यस विषयमा आम जनसमुदाय, उपभोक्ता, स्थानीय सरकार, व्यवसायी, भेटेरेनरी तथा नीति नियमक निकायहरु क्रियाशील हुन् जरुरी छ ।

नेपालमा पशुपन्छीलाई दुःख, पीडा र मानव सिर्जित क्रुुरताबाट छुट्कारा दिने लक्ष्य बोकी सन् २००९ मा एनिमल नेपाल नामक संस्थाको स्थापना भएको छ । सो संस्थाले अहिले नेपालमा पशुपन्छीको उद्धार, विभिन्न अनुसन्धान, जनचेतना अभिवृद्धि र यस विषयमा सरकारसँग पनि ऐन् कानुन बनाउन माग गर्दै आएको छ । पशु स्वास्थ्य वातावरण र मानव स्वास्थ्यसँग अत्यन्त सम्बन्धीत विषय भएकोले यसमा सरकार र सञ्चारमाध्यमले पनि विषय ध्यान दिन पर्ने एनिमल नेपालका कार्यकारी निर्देशक हरीप्रसाद जोशी बताउँछन् । पशुको स्वास्थ्य राम्रो भएमात्र मानवको स्वास्थ्य र वातावरण स्वच्छ रहने उनको भनाइ छ ।

नेपालमा सन् २०१७–१८ मा सार्वजनिक गरिएको सरकारी तथ्यंकअनुसार घरपालुवा जनावरको तथा पन्छीहरुको संख्या करिव १० करोड ८० लाख रहेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आईतवार १५:२०   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।