चलचित्र विकास बोर्डले अनुगमनका क्रममा दोषी पाइएका सिनेमा हललाई कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरेको छ । बिग मुभिज, एफक्युब, वीएसआर र वान सिनेमाजमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा दोषी पाइएपछि यी हललाई कारबाहीका लागि सिफारिस गरिएको हो ।
डाटा नपठाउने, पठाए पनि डाटा फेरबदल गर्ने गरेको पाइएको र यसको मुख्य उद्धेश्य राजश्व छली रहेको भन्दै कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय र गृह मन्त्रालयमा पठाइसकिएको चलचित्र विकास बोर्डका सदस्य अर्जुनकुमारले जानकारी दिए ।
बिना अनुमति रातको समयमा सिनेमा चलाएको गुनासो आएपछि बोर्डले हल अनुगमन सुरु गरेको थियो । बिहीबार, शुक्रबार र शनिबार अनुगमन गरिएको अर्जुनकुमारले बताए ।
मंगलबार भोलि बिहान अनुगमनबारे बोर्डले समीक्षा बैठक राखेको छ । बैठकबाट निर्णय गरेर काठमाडौंसहित देशभर अनुगमनमा जाने अर्जुनकुमारले जानकारी दिए । समीक्षा बैठकले कानुनको उल्लंघन गर्ने हललाई के कस्तो कारबाही गर्ने भन्ने निर्णय गर्ने बताइएको छ ।





















प्रतिक्रिया