Logo

राजनीति

 राष्ट्रिय सभा उपनिर्वाचन अपडेट : मतदान अन्तिम चरणमा, आजै नतिजा 



लुम्बिनी प्रदेशको रिक्त रहेको राष्ट्रिय सभा सदस्यका लागि सोमबार भइरहेको मतदान अन्तिम चरणमा पुगेको छ । एक सिटका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा भइरहेको मतदान अन्तिम चरणमा पुगेको हो । 

सोमबार दिउँसो १ बजेसम्म स्थानीयतर्फको मतदान केन्द्रमा ८० महिला र १०८ पुरुषले मत खसालेका छन् । यस्तै प्रदेशसभा तर्फको मतदान केन्द्रमा ३० महिला र ५० पुरुषले मतदान गरेका छन् 

यस्तै कोभिड तर्फको मतदान केन्द्रमा प्रदेशका ३ र स्थानीय तहतर्फका २१ जनप्रतिनिधि गरी २४ जनाले मत खसालेका छन् । यससँगै हालसम्म स्थानीय र प्रदेशतर्फ गरी २९२ जनप्रतिनिधिले मत खसालेका छन् । 

अब प्रदेशतर्फ ३  र स्थानीयतर्फ ५ जनप्रतिनिधिले मात्र मत खसाल्न बाँकी रहेको छ । जसमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाले मतदान नगर्ने यसअघि नै घोषणा गरिसकेका छन् । 

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान जारी मतदान  दिउँसो ३ बजेसम्म रहनेछ ।  यस्तै मतदानलगत्तै निर्वाचनको नतिजा आज नै घोषणा गरिने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
निर्वाचनमा प्रदेशसभाका ८३ सदस्य र स्थानीय तहका २१७ जनप्रतिनिधि मतदाता छन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ छ । 

एक पदका लागि नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली काँग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् । 

लुम्बिनी प्रदेशमा भइरहेको राष्ट्रिय सभा उपनिर्वाचन अपडेट

नेपालगञ्जका मेयरले गरे उपनिर्वाचन बहिस्कार

लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको मतदान सुरु, कसले मार्ला बाजी ?

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार १३:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।