लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रियसभाको एक पदका लागि उपनिर्वाचनको मतदान सुरु भएको छ । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मतदान गरिसकेका छन् । प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा बिहान नौ बजेदेखि मतदान सुर भएको हो ।
मतदानको समय दिउँसो ३ बजेसम्म निर्धारण गरिएको छ भने मतदान सकिएलगत्तै गणना सुरु भएर आजै मतपरिणाम सार्वजनिक हुने संभावना छ ।
माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त भएको पदमा उपनिर्वाचन गरिएको हो । एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ भने विपक्षी गठवन्धन (नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चा नेपालले साझा उम्मेदवारका रुपमा दृगनारायण पाण्डेलाई अघि सारेका छन् ।




















प्रतिक्रिया