लुम्बिनी प्रदेशको रिक्त रहेको राष्ट्रिय सभा सदस्यका लागि सोमबार मतदान भइरहेको छ । एक सिटका लागि सोमबार दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा भइरहेको मतदानमा बिहान ११ बजेसम्म प्रदेश र स्थानीय तहतर्फ गरि जम्मा २३१ मत खसेको छ ।
स्थानीय तर्फको मतदान केन्द्रमा महिला ६४ र पुरुष ६५ जनाले मतदान गरेका छन् भने प्रदेशसभातर्फको मतदान केन्द्रमा २८ महिला र ४० पुरुषले मतदान गरेका छन् । यस्तै कोभिडतर्फको मतदानमा १० महिला र ४ पुरुषले मतदान गरेका छन् ।
दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको र निर्वाचनको नतिजा आज नै घोषणा गरिने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
एक पदका लागि नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली काँग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् । प्रदेशसभाका ८३ सदस्य र स्थानीय तहका २१७ जनप्रतिनिधि यो उपनिर्वाचनमा मतदाता छन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ छ ।
नेपालगञ्जका मेयर धवलशमशेर राणाले भने मतदान बहिष्कार गरेका छन् । उनले कोरोना महामारीको समयमा भएको चुनावमा सहभागी नहुने बताएका हुन् ।
नेपालगञ्जका मेयरले गरे उपनिर्वाचन बहिस्कार
लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको मतदान सुरु, कसले मार्ला बाजी ?




















प्रतिक्रिया