काठमाडौं । नेपाल र जिम्बावे ‘ए’ बीचको दोस्रो एकदिवसीय खेल आज हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बिहान ९:३० बाट खेल सुरु हुनेछ ।
आजको खेलमा जित्नैपर्ने दबाबमा नेपाल रहेको छ। किनकी हिजो भएको पहिलो एकदिवसीयमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो । आज पनि नेपाल पराजित भएमा उपाधि जिम्बावेले जित्नेछ ।
नेपाल र जिम्बावे ‘ए’ बीच तेस्रो तथा अन्तिम एकदिवसीय सोमबार खेलिनेछ। यसअघि टी ट्वेन्टी श्रृङ्खला १-१ को बराबरीमा सकिएको थियो ।
नेपालले आईसीसी विश्वकप लिग–२ को तयारीस्वरूप जिम्बावे ‘ए’ सँग प्रतियोगिता खेलेको हो ।




















प्रतिक्रिया