Logo

सुरक्षा/अपराध

४५ वर्षीया महिला गोली प्रहारबाट घाइते  



महोत्तरी : लोहारपट्टी नगरपालिका-६ बस्ने ४५ वर्षीया गायत्री देवी साह अपरिचित व्यक्तिहरुको गोली प्रहारबाट सोमबार राति घाइते भएकी छन् । 

रातको समयमा अपरिचित व्यक्तिहरुले आफ्नो घरमा चोरी गर्दै गरेको थाहा पाएपछि हो-हल्ला गर्दा उनीहरुले गायत्रीको बाँया खुट्टाको तिघ्रामा गोली प्रहार गरेका थिए ।

घाइते गायत्रीलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो । गोली प्रहारपश्चात ती व्यक्तिहरुले सुन तथा चाँदीका विभिन्न गहना, नगद २५ हजार रुपैयाँ र २ थान मोबाइल समेत गरी करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल लिई फरार भएका छन् । 

घटनास्थलबाट कटुवा पेस्तोलमा लाग्ने १ राउण्ड लाईभ गोली र १ राउण्ड खाली खोका प्रहरीले बरामद गरेको छ । घटनामा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार १४:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।