Logo

सुरक्षा/अपराध

चोरी भएको नगद तथा चाँदीको सिक्री सहित एक जना पक्राउ    



मोरङ : विराटनगर महानगरपालिका-८ विश्वकर्मा चौक बस्ने २२ वर्षीय अनिल कुमार यादवलाई चोरीको धनमाल सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

विराटनगर महानगरपालिका-८ अमर टोल बस्ने ५५ वर्षीय राजकुमार श्रेष्ठको घरबाट गएराति नगद ५० हजार रुपैयाँ र अढाई तोला बराबरको चाँदीको सिक्री चोरी भएको घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त धनमाल अनिल कुमारको घरमा फेला पारी उनलाई पक्राउ गरेको हो । 

उनी उपर चोरी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार १७:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।