Logo

सुरक्षा/अपराध

सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तोडफोड गर्दागर्दै पक्राउ   



काठमाडौं :  महानगरपालिका-५ भाटभटेनी चोकमा रहेको सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा डडेलधुरा सेतीबेशी गाउँपालिका-४ घर भएका २१ वर्षीय दिनेश क्षेत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

उक्त बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई चोरीमा प्रयोग हुने औजार सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार १२:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।