काठमाडौं । पछिल्लो २४ घन्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभरबाट १८८९ नमूनाको पीसीआर र ८२८ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआरबाट ४ र एन्टिजेनबाट १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधबार थप ९ जना कोरोनामु्क्त भएका छन्। योसहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६७ हजार ११ पुगेको छ ।
हाल कोरोना सक्रिय संक्रमितको संख्या १२८ रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४७ हजार ९७९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।




















प्रतिक्रिया