Logo

समाचार

वातावरण दिवसको अवसरमा भक्तपुरमा पोखरीको सरसफाइ



भक्तपुर । विश्व वतावरण दिवसको अवसरमा आइतबार भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर १ दुधपाटीस्थित भाज्या पुखुमा सरसफाइ गरिएको छ ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मानव समाज र प्रकृतिबीचको सम्बन्ध अन्योन्याश्रित भएको बताउँदै यिनीहरूको संरक्षण गर्दै वातावरणीय सन्तुलन कायम गर्न साझा कर्तव्य भएको बताए ।

काठमाडौं उपत्यकाका नेवार समुदायले इनार, ढुंगाधारा, कुवालगायत खानेपानीको स्रोत सरसफाइ गरी मनाउने सिथि नखः चाड वैज्ञानिक पर्वको रुपमा रहेको बताउँदै उनले नयाँ पुस्तालाई यहाँको सम्पदाप्रतिको माया र अपनत्व कायम राख्न यस किसिमको सरसफाई कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आईतवार १२:११   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।