Logo

समाचार

थप १६ जनामा कोरोना संक्रमण पुष्टि, कति छन् सक्रिय संक्रमित ?



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १२१ जनाको पीसीआर परीक्षणमा १० जना र ९२८ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी १६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जना निको भएका छन् भने कसैको मृत्‍यु भएको छैन । हाल देशभर १०९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । जसमध्‍ये १०९ जना होम आइसोलेसनमा रहेका छन् ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५२५पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार १६२ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार १७:५३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।