Logo

समाचार

सरकार र संघर्ष समितिबीचको वार्तापछि बञ्चरेडाँडामा फोहोर विर्सजन थालियो, आन्दोलन स्थगित



काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा विसर्जन थालिएको छ । सरकारसँगको वार्तापछि बञ्चरेडाँडा ल्याण्डफिल साइट पीडित संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेसँगै काठमाडौंबाट गएका ट्रकहरुले ल्याण्डफिल साइटमा फोहोर खसाल्न थालेको हो ।

शुक्रबार विहान भएको छलफलमा शहरी विकासमन्त्रीले प्रतिवद्धतापत्र सार्वजनिक गर्ने बाचा गरेकी थिइन् भने नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत लगायतका नेताहरुले पनि संघर्ष समितिको माग सम्बोधनका लागि गम्भीर पहल गर्ने आश्वासन दिएका संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले बताए ।

‘हामीले संघर्षका कार्यक्रम स्थगित गरेका छौं’, उनले भने । यसअघि स्थानीयविरुद्ध बल प्रयोग गरेर फोहोर विसर्जन गर्न खोजिँदा दुई पक्षबीच झडपसमेत भएको थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार १७:४६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।