Logo

प्रमुख समाचार

मेलम्चीको विकल्पमा ३ खोलाको पानी ल्याउने तयारी, खानेपानी मन्त्री भन्छन् : अध्ययन भइरहेको छ



काठमाडौं । सरकारले मेलम्चीको विकल्पमा अरु तीन खोलाको पानी ल्याउने तयारी गरेको छ । मकवानपुरको सिस्नेरी, ललितपुरको ठोसे र भक्तपुरको महादेव खोलाबाट काठमाडौं उपत्यकामा पानी ल्याउने विषयमा अध्ययन सुरु भएको खाने पानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरीले बताए ।

प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको मंगलबार जवाफ दिँदै मन्त्री चौधरीले मेलम्ची आयोजनाको विकल्प र पूरक योजनाको रुपमा तीन खोलाको अध्ययन भइरहेको बताएका हुन् ।

वर्षायाम सुरु भएको कारण हाल सरकारले काठमाडौंमा मेलम्चीको पानी ल्याएको छैन । मन्त्री चौधरीका अनुसार वर्षायाममा मेलम्ची खोलामा आउन सक्ने बाढीले सुरुङमा क्षति पुर्‍याउन सक्ने हुनाले पानी ल्याउन बन्द गरिएको हो ।

यसअघि २०७८ असार १ गते आएको बाढीले मेलम्चीको हेडवर्क्स ९मुहान० र अन्य संरचना ध्वस्त पारेको थियो । हेडवर्क्ससम पुग्ने सडक पनि बाढीले बगाएको थियो । सरकारले चैत मशान्तदेखि मेलम्चीको पानी अस्थायी रुपमा वितरण गरे पनि हाल बन्द गरिएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलवार १५:५५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।