Logo

प्रमुख समाचार

प्रादेशिक अस्पताल कलैयामा बिरामीको चाप बढ्दो




प्रादेशिक अस्पताल कलैयामा बिरामीको चाप बढ्दै गएको छ । अस्पतालले आइसियु सेवासहित ओपिडि सेवा, आकस्मिक तथा प्रसुति सेवालगायतको  सेवा उपलब्ध गराउँदै आएको छ । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट गौरव महतोका अनुसार आइसियु सेवा, आकस्मिक सेवा, प्रसुति सेवासहित अहिले ७७ बेडसम्मको सुविधा  बिरामीलाई उपलब्ध छ ।
गर्मीयाममा सर्पदंश, झाडापखाला र ज्वरोका रोगी बढी आउने गरेको उनले जानकारी दिए । 

अस्पतालले उपचार सेवासहित कलैयामा २४ घण्टे फार्मेसी सेवा लगायत अन्य चेकजाँच सेवा पनि उपलब्ध गराउदै आएको छ । 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार ०८:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।