Logo

खेलकुद

गोसाईंकुण्ड पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु



रसुवा । रसुवाको गोसाईंकुण्ड गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । गोसाईंकुण्ड गाउँपालिकाको आयोजनामा आजबाट सदरमुकाम धुन्चेमा पालिकास्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा चार वटा सामुदायिक विद्यालय र दुई वटा निजी विद्यालयका छात्रछात्राहरू सहभागी भएका छन् । प्रतियोगिता ३ वटा इभेन्टमा प्रतिस्पर्धा हुनेछ । जसअन्तर्गत एथलेटिक्स, भलिबल, कबड्डीलगायतका खेल खेलाइने छ । 

तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा पालिकाभरिका ६ वटा विद्यालयका एक सय ६० जना खेलाडी सहभागी भएको गोसाईंकुण्ड गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार १८:३८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।