Logo

खेलकुद

एसीसी महिला टी-ट्वान्टी : कुवेतविरुद्ध नेपाल ब्याटिङमा



काठमाडौं । नेपालले एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत आफ्नो दोस्रो खेलमा कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै छ। किनरारा एकेडेमी ओभल मैदानमा कुवेतले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो।

नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ। नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो। कुवेतको पहिलो खेल भने वर्षाको कारण बहराइनसँग नतिजाविहीन बनेको थियो। नेपाल र कुवेतबीच दुई महिला टी–२० आई खेल भएको छ। नेपाल दुवै खेलमा विजयी भएको छ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार १३:०२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।