Logo

समाचार

थप १४ जनामा कोरोना संक्रमण पुष्टि, ११ जना डिस्चार्ज



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १४ कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ५९० जनाको पीसीआर परीक्षण गर्दा ११ र ९ सय ४४ जनाको एन्टीजेन परीक्षण गर्दा तीन गरी १४ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै कोरोना भाइरसको संक्रमणका कारण कसैको पनि मृत्यु पुष्टि भएको छैन भने यही अवधिमा देशभर ११ जना कोरोना संक्रमणबाट निको भएका छन्। योसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६७ हजार २८८ पुगेको छ।

हालसम्म नेपालमा कोरोनाबाट ११ हजार ९५२ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ भने हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १०५ रहेको छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार १७:२८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।