नेपाली बैंकिङ्ग इतिहासमा विभिन्न नयाँ नयाँ ट्रन्ड सेट गर्दै आइरहेको माछापुच्छ्रे बेंक लि. ले क्रेडिट कार्डको बारेमा जानकारी गराउने उद्धेश्यले जनचेतना मुलक भिडियो सामाग्री वेब सिरिज निर्माण गरेको छ ।
नेपाली बैंकिङ्ग इतिहासमा डिजिटल बैंकिङ्ग सेवाको बारेमा जानकारी गराउने उद्धेश्यले जनचेतनामुलक सन्देश सहितकोे वेब सिरिजको निर्माण गरिएको सम्भवत पहिलो पटक हो ।
बैंकले आमदर्शकहरु छोटो खालका मनोरन्जनात्मक भिडियो सामाग्रीहरुमा आर्कषित भईरहेको अहिलेको समयमा बैंकले दर्शकको चाहनालाई बुझेर समय सान्र्दभिक स्मार्ट माया वेब सिरिज निर्माण गरेको हो ।
माछापुच्छ्रे बेंकले निर्माण गरेको भिडियो सामाग्रीमा दैनिक जीवनको भोगाई देखि एउटा नव विबाहित जोडीका विभिन्न आवश्यकताहरु, उनिहरुको पारिवारिक तथा पेशागत जीबन, विभिन्नखालमा सामाजिक सन्देश दिने कुराहरु समावेश गरिएको छ ।
बैंकले निर्माण गरेको भिडियो सामाग्रीमा आशुतोष अर्थात आशु र श्रीषा अर्थात श्री मुख्यपात्रको रुपमा रहेका छन् । लामो समयको प्रेम सम्बन्धपछि अन्र्तजातिय बिबाह बन्धनमा बाधिएका आशु र श्री को रमाइलो बैबाहिक जीवन, दैनिक जीवनमा श्रीमान श्रीमतीको बीचमा देखिने नोक झोँकहरु भिडियोमा समावेश गरिएको छ ।
दैनिक आवश्यकताहरुको परिपूर्तीकालागि बैंकले उपलब्ध गराउने डिजिटल सेवाहरुले आम नागरिकको दैनिक आवश्यकतालाई कसरी सहजिकरण गर्दछ भन्ने कुरा भिडियो सन्देशले दिने छ ।
पहिलो सिजनमाजम्मा ५ वटा श्रृङ्खला रहेको वेब सिरिजको पहिलो र दोस्रो भाग यसअघि नै रिलिज भईसकेको छ ।
पहिलो र दोस्रो भाग रिलिज भएको २४ घण्टा भित्रै १ लाखभन्दा बढि दर्शकले उक्त भिडियो हेरिसकेका छन् । त्यस्तै बाँकीभागहरु प्नि छिट्टै रिलिज गर्ने तयारीमा बैंक रहेको छ ।





















प्रतिक्रिया