Logo

समाचार

काठमाडौँमा बढ्यो हैजा,संक्रमितको संख्या ५ पुग्यो



काठमाडौंमा हैजा संक्रमितको संख्या पाँच पुगेको छ । आइतबार थप तीन जनामा हैजा देखिएसँगै संक्रमितको संख्या पाँच पुगेको हो । ‘थप तीन जनामा एन्टिजेन पोजिटिभ देखिएको छ,’ टेकु अस्पताल स्रोतले भन्यो ।

यसअघि बिहीबार दुई जनामा हैजा पुष्टि भएको थियो । पाँचै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सावधानी अपनाउन आग्रहसमेत गरेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर सावधानी अपनाउन आग्रह गरेको हो ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार ०७:३२   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।