जाजरकोट, जुनिचादे गाउँपालिका-१ औलो खोला भन्ने स्थानमा भे.१ ज ९३५ नम्बरको जिप सड्कबाट करिब ७ सय मिटर तल औलो खोलामा खसेर बुधबार दिउँसो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा जिपमा सवार जुनिचाँदे गाउँपालिका-११ बस्ने ६५ वर्षीय कृति बहादुर शाही, ११ नम्बर वडाका वडा अध्यक्ष ५० वर्षीय अम्मर बहादुर शाही, सोही गाउँपालिका-५ मटेला बस्ने ३५ वर्षीया मालिका बस्नेत, सोही गाउँपालिका-५ गर्खाकोट बस्ने २९ वर्षीय कृष्ण बहादुर शाही, सोही गाउँपालिका-११ बस्ने ३२ वर्षीय खेम बहादुर शाही र हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरुष रहेका छन् । घाइते भएका १ जनालाई उपचारका लागि नर्सिङ होम सुर्खेत पठाइएको छ ।
कपिलवस्तु, शिवराज नगरपालिका-४ डकहियास्थित सडकमा लु.३ त ४८८ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार बेलुका दुर्घटना हुँदा ट्याक्टर चालक महाराजगंज नगरपालिका-२ पडरिया बस्ने २७ वर्षीय सर्फुदिन मुसलमानको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको शिवराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै ट्याक्टरमा सवार १ जनाको प्रहरीले सकुशल उद्दार गरेको छ ।
उदयपुर, कटारी नगरपालिका-८ सिद्धिचरण राजमार्गमा ना.५ ख ९४२४ नम्बरको कन्टेनर अनियन्त्रित भई सडकबाट करिब ७ सत मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा कटारी नगरपालिका-८ बस्ने ४५ वर्षीय मिन बहादुर राना मगर लगायत २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका कन्टेनर चालक सहित २ जनालाई कटारी अस्पताल हुँदै थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाईएको छ ।
कास्की, पोखरा महानगरपालिका-६ बुलौदीस्थितमा सडकमा ग.१६ प ५०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई डिभाईडरमा ठक्कर खाँदा मोटरसाइकल चालक पोखरा महानगरपालिका-१५ नयाँगाउ बस्ने स्याङजा बिरुवा गाउँपालिका-८ घर भएका २८ वर्षीय दिलिप गुरुङको बुधबार राति मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




















प्रतिक्रिया