Logo

अर्थ

एनआईसी एशिया बैंकद्वारा सरस्वती माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड प्रदान



काठमाडाैं । एनआईसी एशिया बैंकले चाँगुनारायण नगरपालिका–८, भक्तपुरस्थित सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ स्मार्ट बोर्ड प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो ।

उक्त विद्यालयमा हाल प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म ३७६ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेका छन् । विद्यालयमा असार १० गते एक कार्यक्रमकाबीच बैैंकका काठमाण्डौ इस्ट सर्कल हेड गणेश पौडेल र भक्तपुर शाखा प्रमुख ईश्वर जिसीले उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्जिप पुरीलाई उक्त स्मार्ट बोर्ड हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा विद्यालयका उप प्रधानाध्यापकद्वय श्री निरा गिरी र गोबिन्द नेपालसहित अन्य शिक्षक, शिक्षिकाहरु, विद्यार्थीहरु र बैंकका तर्फबाट बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकले उपलब्ध गराएको उक्त सहयोगले विद्यार्थीहरुको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार १४:०२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।