Logo

राजनीति

विद्यार्थीहरूलाई ३० प्रतिशत छुटकाे माग गर्दै नेविसंघको सात दिने अल्टिमेटम



नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालयले विश्वविद्यालय तथा यसको मातहतमा रहेका सम्पूर्ण विद्यार्थीहरूलाई कुल शुल्कमा ३० प्रतिशत छुट दिन माग गरेको छ । 
 
विश्वविद्यालयका ने. वि. संघ अध्यक्ष दिनेश शर्माले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ “कोभिडले गर्दा लाखौँ   विद्यार्थीहरुको अभिभावकले पनि रोजगारी गुमाउनुपर्ने अवस्था सिर्जना भएकाले पोखरा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई कलेजले लिने र विश्वविद्यालयले लिने शुल्क तिर्न गाह्रो भइरहेको अवस्थामा कम्तीमा पनि कुल शुल्कको ३० प्रतिशत रकम छुट गर्न र पोखरा विश्वविद्यालयसँग सम्बन्धन कलेजलाई पनि छुट गर्न लगाउन विश्वविद्यालयसँग जोडदार माग गर्दछौँ ।”
 
संघले उक्त विषयमा गम्भीर भई सात दिन भित्र प्रक्रिया थालनी गर्न विश्वविद्यालयसँग माग गरेको छ । प्रक्रिया थालनी नगरे विश्वविद्यालयले नै सम्पूर्ण जिम्मेवारी लिनुपर्ने संघकाे चेतावनी रहेकाे छ ।
209429007_1857172414487608_4270401832971011394_n.jpg

प्रकाशित मिति : २१ असार २०७८, सोमबार १९:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।