Logo

समाचार

थप ४४ जनामा कोरोना सङ्क्रमण, १६ जना डिस्चार्ज



काठमाडौं । पछिल्लो २४ घण्टामा देशर थप ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ४६७ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३३ र एन्टिजेन विधिबाट ११ जनामा सङ्क्रमण पुष्टि भएका हो ।

यसमध्ये सबैभन्दा बढी काठमाडौँमा २३ जना रहेका छन् । यही अवधिमा थप १६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८७ हजार २३५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्म कोभिड १९ को सङ्क्रमणबाट ११ हजार ९५२ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार १७:३१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।