मुम्बई । कमेडियन कपिल शर्माविरुद्ध ‘एफआईआर’ दर्ता भएको छ । उनीमाथि सम्झौता तोडेको आरोप लगाइएको छ ।
सन् २०१५ मा अमेरिका टुरमा जाने भनिएको सम्झौता उल्लंघन गरेको आरोपमा उजुरी दर्ता गरिएको हो । साई यूएसए इंकले कपिलविरुद्ध मुद्दा दर्ता गराएको हो ।
इंकले कपिललाई अमेरिकामा ६ शोका लागि पारिश्रमिक बुझाएको तर कपिलले पाँच शो मात्र गरेको र घाटाको भर्पाई गरिनेदिने वचन दिएता पनि व्यवहारमा त्यसलाई पूरा नगरेको आरोप लगाइएको छ । कपिलविरुद्ध इंकका प्रमुख अमित जेट्लीले न्युयोर्क अदालतमा उजुरी दर्ता गराएका हुन् ।
यति बेला अपिल ‘द कपिल शर्मा शो’ टिमसहित नर्थ अमेरिकाको टुरमा छन् ।





















प्रतिक्रिया