Logo

प्रमुख समाचार

युरोप र अफ्रिकामा फैलिएका ओमिक्रोन बीए फाइभ भेरिअन्ट कति घातक छ नेपालको लागि ?



युरोप र अफ्रिकामा फैलिएको कोरोनाभाइरसको ओमिक्रोन बीए फाइभ उपप्रजाति नेपालमा पनि पुष्टि भएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन् । मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले भने, “असार १५ गते कोभिड पुष्टि भएका व्यक्तिको जीन सीक्वेन्सिङ गर्दा १७ गते बीए फाइभ भेटिएको हो। यो नयाँ भेरिअन्ट होइन, ओमिक्रोन भेरिअन्टकै एउटा उपप्रजाति हो र सर्ने तरिका पनि उही नै हो ।” बीए फोर र बीए फाइभ भेरिअन्टका दुई नयाँ उपप्रजातिहरूका कारण कोरोनाभाइरस सङ्क्रमण दर विश्वभर पुनः बढिरहेको छ । ओमिक्रोन भेरिअन्टको नयाँ उपप्रजातिबाट सङ्क्रमण पुष्टि भएकै साता नेपालमा ३४९ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले यो उपप्रजातिहरूलाई मार्च महिनामा निगरानीको सूचीमा थपेको हो र युरोपमा यो ’चिन्ताजनक भेरिअन्ट’को सूचीमा छ । प्रारम्भिक अध्ययनहरूमा कम घातक भनिए पनि छिटो फैलन सक्ने देखिएकाले जोखिम समूहमा रहेका व्यक्तिहरूले सतर्कता अपनाउनुपर्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । ओमिक्रोन भेरिअन्ट कोरोनाभाइरसका अघिल्ला उत्परिवर्तनहरूभन्दा कम घातक देखिएको प्रारम्भिक विवरणहरू आए पनि यसबारे विस्तृत अध्ययन नभएको विज्ञहरूले बताएका छन् ।

पछिल्लो समय पहिचान भएका बीए फोर र बीए फाइभ उपप्रजाति नेपालमा सबैभन्दा बढी क्षति पु¥याएका डेल्टा भेरिअन्ट जस्तो घातक नभएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजकसमेत रहेका पुनले बताए । “यसअघि जस्तो डराउनुपर्ने अवस्था छैन। एकदमै घातक हुन्थ्यो भने यसले युरोप र अमेरिकामा ठूलो क्षति पु¥याइ सकेको हुने थियो,“ पुन भन्छन् ।

“तर दुई मात्रामा खोप लगाएको छ, छैन। बुस्टर लगाएको छ, छैन। दीर्घ रोगी र जोखिम बढी हुने उमेर समूहका व्यक्तिहरूले सतर्कता अपनाउनुपर्छ ।”

यो भेरिअन्ट कहाँ देखिएको छ ?
सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पहिचान भएको यो भेरिअन्ट छिमेकी देश भारतसहित अधिकांश युरोपेली देशहरू, अमेरिका, अस्ट्रेलिया र अफ्रिकामा पुष्टि भएको छ । पछिल्लो समय युरोपका धेरै देशहरूमा अधिकतम सङ्क्रमण बीए फाइभ प्रजातिको छ । “कोभिड रोकथामसम्बन्धी प्रतिबन्धहरू अहिले नरहेका कारण नेपालसँग आवतजावत भइरहने देशहरूमा भेटिएका कुनै पनि भेरिअन्ट नेपालमा रोक्न सकिने अवस्था अहिले देखिँदैन“ पुन भन्छन् ।

खोपले काम गर्छ ?
धेरै मानिसमा विगतमा भएको सङ्क्रमण र खोपका कारण रोगप्रतिरोधी क्षमता विकास भइसकेको छ जसले समग्रमा सङ्क्रमणलाई कम जोखिमपूर्ण बनाउन मद्दत पु¥याउँछ । भाइरसहरूले पुनः उत्पादनका निम्ति आफ्नै प्रतिलिपिहरू बनाउँछन् तर यस कार्य सधैँ पूर्ण नहुन सक्छन ्। पुनरुत्पादन क्रममा हुने त्रुटिहरूका कारण आनुवंशिक संरचना परिवर्तन हुन्छ र त्यसले गर्दा भाइरसको नयाँ संस्करण देखिन्छ । यस्ता उत्परिवर्तनका कारण भाइरस जीवित रहने सम्भावना रहन्छ भने त्यो भेरिअन्ट फस्टाउन पुग्छ । कोरोनाभाइरस जति धेरै समय मानव शरीरमा रहन्छ त्यति नै प्रतिलिपि बनाउने अवसर पाउँछ र उत्परिवर्तनको सम्भावना पनि ज्यादा रहन्छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार १४:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।