Logo

प्रमुख समाचार

आज भेटिए १२१ जना कोभिड संक्रमित



काठमाडौं । गत २४ घन्टामा देशभर १ सय २१ जना कोभिड १९ का संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ३ हजार ४५ जनामा गरिएको परीक्षणमा १ सय २१ जना संक्रमित थपिएका हुन् ।

यस्तै आज ३१ जना संक्रमित संक्रमण मुक्त भएका छन् । मन्त्रालयको विवरण अनुसार हाल देशभर ६ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् । सात जना संक्रमितको आइसीयू र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्ला दिनहरुमा देशमा कोभिड संक्रमितको संख्या उकालो लाग्दै गएको छ । शनिवार पनि १०२ जना संक्रमित भेटिएका हुन् । 

प्रकाशित मिति : २६ असार २०७९, आईतवार १६:३७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।