Logo

अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा १२, ६९३ नयाँ कोभिड सङ्क्रमित



सियोल । दक्षिण कोरियामा विगत २४ घण्टामा १२,६९३ कोभिड-१९ बाट सङ्क्रमित फेला परेका छन् । योसँगै कुल सङ्क्रमितको सङ्ख्या १८,५२४,५३८ पुगेको स्वास्थ्य अधिकारीहरूले सोमबार बताएका छन् ।

गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा ४ ले बढेर ७१ पुगेको छ ।

थप १८ जनाको मृत्यु भएको पुष्टि भएको छ जसबाट कुल मृत्यु हुनेको सङ्ख्या २४,६६१ पुगेको छ । सङ्क्रमितको कुल मृत्यु दर भने ०.१३ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार १७:०३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।