Logo

मनोरञ्जन

सोनम कपुरको बेबी सावरमा को को आउँदैछन् ?



मुम्बई । चाँडै आमा बन्न लागेकी सोनम कपुरको ‘बेबी सावर’ को भव्य तयारी भइरहेको छ । सोनमका परिवारले उनका लागि मुम्बईमा भव्य ‘बेबी सावर’ को तयारी जोडतोडले सुरु गरिसकेको छ । हालै सोनमको ‘बेबी सावर’ को निमन्त्रणासहित अट्याच गरिएको भव्य गिफ्ट ह्याम्पर सेटको विशेष चर्चा भइरहेको छ ।

निमन्त्रणाका लागि अतिथिलाई पठाउन लागेको गिफ्ट ह्याम्पर गाडीमा हाल्दै गरेका बेला पापराजीले भिडियोमा कैद गरेका हुन् । लक्जरियस र फ्यान्सी इन्भाइट ह्याम्परमा सोनम कपुर र उनकी बहिनीको सहकार्यमा सुरु गरेको फेसन ब्रान्ड ‘रेसन’का प्रोडक्टहरू हुन सक्ने अनुमान गरिएको छ ।

उनी बेबी सावरका लागि केही दिनमै मुम्बई आउँदै छिन् ।
सोनम कपुरको ‘बेबी सावर’ बान्द्रास्थित उनकी आन्टीको बंगलामा १७ जुलाईमा हुँदै छ । सोनमको विवाह पनि उनकै बंगलामा भएको थियो । ‘बेबी सावर’ मा अभिनेत्री करिना कपुर खान, दीपिका पादुकोण, आलिया भट्ट, लगायत थुप्रै बलिउड स्टारहरूको उपस्थिति रहनेछ ।

सोनम कपुर र व्यवसायी आनन्द आहुजाको विवाह सन् २०१८ मा भएको थियो । सोनमले आफू गर्भवती भएको खबर यही मार्चमा सार्वजनिक गरेकी हुन् ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार ०९:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।