काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २२९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । एक हजार ६४४ जनाले पीसीआर र दुई हजार ६८ जनाको एन्टिजेन विधिबाट गरी तीन हजार ७१८ जनाको नमूना परीक्षण गरिएकोमा २२९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा ४८ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ९०६ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ८७ हजार ९७२ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २८४ रहेको छ ।
अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । मन्त्रालयका अनुसार होम आइसोलेशनमा एक हजार २४९, संस्थागत आइसोलेसनमा ३५, आइसियू १४ र भेन्टीलेटरमा एक जना सङ्क्रमित रहेका छन् ।




















प्रतिक्रिया