काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनमा बञ्चरेडाँडाका स्थानीयले फेरि अवरोध गरेका छन् । सडक निर्माण कार्य अपूरै रहेको भन्दै उनीहरुले फोहोर बोकेका गाडी रोकेका छन् ।
काठमाडौं महानगरपालिकाले एक हप्तादेखि नउठाएको फोहोर आजदेखि उठाउन सुरु गरेको थियो । सोही अनुसार बिहान फोहोर बोकेका गाडीहरु बञ्चरेडाँडा हिँडेका थिए ।सडक निर्माण पूरा नहुँदासम्म फोहोर नल्याउन स्थानीयवासीले आग्रह गरेका छन् ।
स्थानीयको अवरोपछि फोहोर बोकेर बञ्चरेडाँडा गइरहेका गाडी बाटोमै अलपत्र परेका काठमाडौं महानगर नगर प्रहरीका प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टराईले जानकारी दिए । महानगरबाट करिब ६० गाडी फोहोर बोकेर गए पनि स्थानीयले रोकेका कारण फोहोर बञ्चरेडाँडा पुग्न नसकेको उनले बताए ।
फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले एक सातासम्म फोहोर संकलन र ढुवानी हुन सकेको थिए ।




















प्रतिक्रिया