Logo

प्रमुख समाचार

जसपा परित्याग गरी ३३ केन्द्रीय सदस्य बाबुरामको नेपाल समाजवादी पार्टीमा



बुटवल । जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी ३३ केन्द्रीय सदस्य डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी (नेसपा)मा गएका छन् । लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने ५८ केन्द्रीय सदस्यमध्ये ३३ जना डा. भट्टराई नेतृत्वको नेसपामा आबद्ध भएका हुन् ।

केन्द्रीय सदस्य देवेन्द्र पाण्डे सागरका अनुसार लुम्बिनी प्रदेशका केन्द्रीय सदस्यहरुको बैठकले जसपाबाट राजीनामा दिएर प्रदेश इन्चार्ज दानबहादुर चौधरीको नेतृत्वमा नेसपामा आबद्ध हुने निर्णय गरेका हुन् ।

जसपा परित्याग गर्नेहरुमा प्रदेशका सहइन्चार्ज मोहम्मद वकिल मुसलमान, सहइन्चार्ज चिनक कुर्मी, सहइन्चार्ज कमल खनाल, केन्द्रीय सदस्यहरु गोविन्द चौधरी, विष्णुहरि शर्मा, प्रदेश समितिका मुख्य सचिव एवं केन्द्रीय सदस्य यज्ञप्रसाद पोखरेल, सुरेन्द्र पटेल, कर्णध्वज केसी रहेका छन् ।

यस्तै उर्मिला पाण्डे, देवेन्द्र पाण्डे, किस्मत बिक, अब्दुल रहमान, बिमल गिरी, विश्वदीप पाण्डे, तेजेन्द्र थापा, राजु नेपाली, छन्द पन्थी, अतिउल्ला मुसलमान, उमाशंकर यादव, घमानसिंह गुरुङ, जीतमान पुन, उपेन्द्रलाल कामी, हिक्मत बिक, वेदप्रकाश आचार्य, गजाधर सुनार, हरि रिजाल, नारायण खनाल, डा।मुक्ति रिजाल, सुनिता काफ्ले, पंकज राईलगायत छन् ।

उपेन्द्र यादव पक्षको जनकपुरधाममा आयोजित केन्द्री समिति बैठकले संघीय परिषद् अध्यक्ष भट्टराईसहितका नेताहरुलाई कारबाही गरेको थियो । त्यसपछि डा. भट्टराई नयाँ नेपाल समाजवादी पार्टी खोलेका हुन् । उनको पार्टीलाई आयोगले आँखा चुनाव चिन्ह प्रदान गरेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आईतवार १५:२९   :  बजे

147
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।