काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । ललितपुर जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेकाे हाे ।
अदालतले विप्लवसहित खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, माेहनबहादुर कार्की, टेकबहादुर केसी, भरतबहादुर बम, पदमबहादुर राई, सन्ताष बुढामगर, नवीन विश्वकर्मा, उदयबहादुर लगायत अन्यविरुद्ध विभिन्न कसुरमा पक्राउ पूर्जी जारी गरेकाे हाे ।
अदालतका अनुसार ३५ दिनभित्र अदालतमा उपस्थित हुनु पर्नेछ । उपस्थित नभई बसेमा मुलुकी फौजजारी कार्यविधि संहिता, २०७४ को दफा ६५ बमोजिम हुने पूर्जीमा उल्लेख गरिएकाे छ ।




















प्रतिक्रिया