काठमाडौं । मन्त्रिपरिषद् बैठक आज (सोमवार) बस्दै छ । बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको शहरी विकास मन्त्री मेटमणि चौधरीले अनलाइनपानालाई जानकारी दिए ।
सोमबारको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोक्ने सम्भावना भने कमै रहेको मन्त्री चौधरीले बताए । ‘आजको बैठकमा नहोला । अर्को बैठकले तोक्न सक्छ’, उनले भने । तर निर्वाचन आयोगले मिति तोक्न ढिला भइसकेको बताउँदै छिटो चुनावको मिति तोक्न दाबाब दिँदै आएको छ ।
आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ । आगामी मंसिर २ गते गर्ने गरी आयोगले निर्वाचन मिति प्रस्ताव गरेको भएपनि सरकारले मिति तोक्न ढिलाइ गर्दै आएको छ ।




















प्रतिक्रिया