Logo

मनोरञ्जन

‘नेपाली भाषा त बिर्सनु हुन्‍न’ बोलको गीतमा देशप्रेम



काठमाडौँ । ‘नेपाली भाषा त बिर्सनु हुन्न’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सिक्किमका पूर्व मुख्यमन्त्री डा पावन चाम्लिङको उपस्थितिमा भिडियो रिलिज गरिएको हो । 

अमेरिकाको ओहायो राज्यको एक्रोन सिटीमा नेपाली बालबालिका र नेपाली समुदायको बीच परिचित हिमालय म्युजिक एकेडेमीको प्रस्तुतीमा तयार भएको गीतले नेपालबाट जो कोही नेपाली टाढा टाढा जति टाढा गए पनि नेपाली भाषा र संस्कृतिलाई बिर्सन नहुने सन्देश सार्वजनिक गीतले दिएको छ । 

बाल गायक अमिर गजमेरको स्वर रहेको गीतमा अमिरलाई रिया थुम्बापो, कृसोन घतानी, प्रिस्किला शंकरले स्वरमा साथ दिएका छन् । आइतराज थुम्बापोको शब्द सृजना तथा संगीत रहेको गीतमा किशोर थापाको मिक्सिङ एण्ड मास्टरिङ रहेको छ भने पुष्प गजमेरको संगीत संयोजन छ ।  रमेश दियालीको डेब्यू निर्देशन रहेको भिडियोको छायांकन  सुरेन्द्रमान सिंहले गरेका हुन् ।

भिडियाे हेर्नुहाेस्

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार १६:५४   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।