Logo

राजनीति

निर्वाचन कानुन संविधानसम्मत बनाउन भन्दै संसदमा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता



काठमााडौं । निर्वाचन सम्बन्धी कानुनलाई संविधानसम्मत बनाउन निर्देशन दिने सम्बन्धमा प्रतिनिधिसभामा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ ।

प्रतिनिधिसभा सदस्य अमृता थापामगर प्रस्तावक र प्रतिनिधि सदस्यहरू लक्ष्मी परियार, लक्ष्मीकुमारी चौधरी, चन्दा चौधरी, रंगमती शाही, बिना बुढाथोकी, लीलादेवी सिटौला, दुर्गा पौडेल, रेखा शर्मा, यशोदा गुरूङ सुवेदी, रेणुका गुरूङ र प्रमिला राई समर्थक रही प्रस्ताव दर्ता भएको हो ।

उनीहरुले जनसंख्याको आधारमा प्रत्यक्षमा महिलाको उम्मेदवारी सुनिश्चित गर्नुपर्ने, स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष, जिसस प्रमुख र उपप्रमुखमा ५० प्रतिशत महिला अनिवार्य गर्नुपर्ने माग गरेका छन् । त्यस्तै स्थानीय तहको दलित महिला वडा सदस्यमा उम्मेदवारी नपरेमा भोलिपल्ट अल्पसंख्यक वा सीमान्तकृत समुदायको महिलाको उम्मेदवारी आह्वान गर्न पनि उनीहरुको सुझाव छ ।

हेर्नुहोस् जरुरी सार्वजनिक मत्त्वको प्रस्ताव

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार १८:५३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।