काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रातृ संगठन अखिल क्रान्तिकारीका दुवै पक्षलाई छलफलमा बोलाएका छन् । क्रान्तिकारीमा असन्तुष्टि जनाउँदै पवन कार्कीले समानान्तर समिति नै बनाएर सञ्चालन गरिरहेका छन् ।
विवाद समाधान गर्ने प्रयास स्वरुप प्रचण्डले अध्यक्ष पञ्चा सिंह र कार्कीलाई मंगलबार खुमलटारमा बोलाएका हुन् । अखिल क्रान्तिकारीभित्रको समस्या अध्ययन गरी सुझाव दिन गठित समितिले प्रतिवेदन बुझाएपछि प्रचण्डले दुवै पक्षलाई छलफलमा बोलाएका हुन् ।
रमेश मल्ल नेतृत्वको तीन सदस्यीय समितिले ४ साउनमा प्रचण्डलाई अध्ययन प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन १२ साउनमा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा पेस गरिएको थियो ।
स्थायी समितिले उक्त प्रतिवेदनले दिएको सुझावका अधारमा निर्णय लिनु अघि प्रचण्डले आफूले दुवै पक्षसँग एकपटक छलफल गर्ने इच्छा प्रकट गरेका थिए । त्यसै अनुसार उनी आज विद्यार्थी नेताहरुसँग छलफलमा जुटेका हुन ।




















प्रतिक्रिया